सिम्खडाको उपन्यास ‘वराङ्गना’ सार्वजनिक

काठमाडौँ, ५ असोज : कलाकार सोबिता सिम्खडाको पहिलो साहित्यिक कृति ‘वराङ्गना’ उपन्यास सार्वजनिक भएको छ ।

पुस्तक विमोचन गर्नुहुँदै साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको सङ्ख्या वृद्धि भइरहेकाले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकको समीक्षा गर्नुहुँदै साहित्यकार नवराज लम्सालले ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताउनुभयो । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उहाँको भनाइ थियो ।

अधिकांश लेखक अरूको विचारको भरिया हुने गरेकामा सिम्खडाले स्वतःस्फूर्त रुपमा बोलीचालीमा प्रयोग हुने शब्दको उपयोग उपन्यासमा गर्नुभएको लम्सालले सुनाउनुभयो ।

कार्यक्रममा पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको बताउनुभयो ।

सिम्खडाले दुई दर्जन नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्नुभएको सो अवसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.