२४ कलाकारको चित्रकला प्रदर्शनी

काठमाडौँ, ४ असोज : काठमाडाँैं विश्वविद्यालय, स्कूल अफ आर्टस्, सेन्टर फर आर्ट एण्ड डिजाइनमा अध्ययनरत बिएफए अन्तिम वर्षका २५ जना कलाका विद्यार्थीले तयार पारेका कलाकृतिको एकहप्ते प्रदर्शनी शुरु भएको छ ।

बबरमहलस्थित नेपाल कला परिषद्मा विश्वविद्यालयका विद्यार्थीको ‘बिएफए एक्जिबिसन २०१८’ मा चित्र, मूर्ति, पोस्टर डिजाइन, ग्राफिक डिजाइन, प्रोडक्ट डिजाइनलगायत कला राखिएको विश्वविद्यालयका कला विभाग प्रमुख भुवन थापा ‘बहुवि’ ले जानकारी दिनुभयो ।

प्रदर्शनीमा स्टुडियो आर्टतर्फ रश्मि अमात्य, दुजामान चित्रकार, जेम्स खाती, दीपक लामा, सुरज सुब्बा, प्रियंका सिंह, श्रुति प्रजापति, अरुणकुमार राई, पलयदेन शेर्पा, राजु श्रेष्ठ, सौरभ श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, वातारुराम श्रेष्ठ, विशाल योञ्जन, सिद्धान्त राई, माग्रेथ भ्यान बेर्केल (नेदरल्यान्डस)का कला राखिएका छन् ।

त्यस्तै ग्राफिक कम्युनिकेशनतर्फ आस्था चित्रकार, शिवनाथ डंगोल, श्रद्धा देवकोटा, मनोज महर्जन, नीति श्रेष्ठ, मनुप्रिया श्रेष्ठ, कृशा ताम्राकार, रोसेल तुलाधर र रिमेश महर्जनका कला छन् । विश्वविद्यालयको कला विभागमा चार वर्षको शैक्षिक यात्रामा विद्यार्थीले आफूले गरेका अनुभूतिलाई विविध माध्यम र सामग्रीको प्रयोग गरेर कला सिर्जना गरेको लेक्चरर प्रतिमा थकालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.