लाठको ‘छमिया’ लोकार्पण
करातेका खेलाडी एवं साहित्यकार गणेशप्रसाद लाठको व्यङ्ग्य कथासंग्रह छमियाको लोकार्पण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य घनश्याम भुसाल र राजनीतिक विश्लेषक सिकेलालले एक समारोहकाबीच पुस्तकको लोकापर्ण गर्नुभएको हो ।
कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लेखक मारवाडी परिवारमा हुर्के पनि नेपाली साहित्यलाई यस कृतिमार्फत उचो बनाएको बताउनुभयो । उहाँले यस पुस्तकमा भएका मधेशका कुरालाई राष्ट्रियतासँग जोड्न थप सहयोग पु¥याएको धारणा राख्नुभयो ।
सिकेलालले मधेशका मध्यमवर्गका विसंगतिमाथि लेखकले व्यङ्ग्यात्मक ढंगले पुस्तकमा कटाक्ष र हास्यस्पद शैलीमा लेखेको बताउनुभयो । उहाँले पुस्तकमा मधेशको समाजमा देखिएका कुरालाई विवरणात्मक, व्याख्यामत्क र अनूभूतितुल्य किसिमले उतारेको बताउनुभयो ।
यसैगरी पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक महेश पौड्यालले पुस्तकभित्र रुपबाट मधेश कस्तो रहेछ भन्ने कुरा लेखकले चिनाएको बताउनुभयो । “हामीले बाहिरी रुपबाट मात्र मधेश बुझेका रहेछौँ”, उहाँले भन्नुभयो, “तर पुस्तकमा मधेशको वास्तविक दृष्टिकोण उतारिएको छ ।”
अर्का समीक्षक मदन लम्सालले पुस्तकमा रहेका हरेक कथा पढ्दा आफ्नै भोगाइ जस्तो लाग्ने गरेको बताउनुभयो । उहाँले पुस्तकमा मधेशको स्थानीय झल्कने कुरालाई बढी प्राथमिकता दिइएको बताउनुभयो ।
मञ्जरी प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा लेखकले नौ वटा व्यङ्ग्य कथा चोरसँग साक्षात्कार, नेपाल श्रीमती–श्रीमान् महासंघ, भ्रष्ट–आचार, भ्रम पिसाच, पान बाबा, ठूलो मान्छे, म वीरगञ्जे, रामभरोसकी छमियालगायतका रहेका छन् ।
लेखक लाठले मधेशीकी एउटा नारीमा शीर्षकमा राखेर कथा लेखिएको बताउनुभयो । उहाँले मधेशमा देखिएका वास्तविक भोगाइलाई काल्पनिक पात्रका रुपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले समाजमा देखिएका पीडालाई आफूले लेखकले बताउनुभयो ।