मोतीराम पुरस्कार सिग्देल र रनहँछालाई

काठमाडौँ, १८ भदौ : यस वर्षको युवा वर्ष मोतीराम भट्ट पुरस्कार साहित्यकार केशव सिग्देल र चन्द्र रनहँछालाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित उक्त पुरस्का र छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले सिग्देल र रनहँछालाई दिने निर्णय गरेको कोषका कार्यालय सचिव भरत राईले जानकारी दिनुभयो ।

उहाँहरु दुवैलाई नेपाली भाषा, साहित्यको उत्थान र मोतीराम भट्टको क्रियाकलापको अनुसरण गर्दैै योगदान पु¥याएबापत पुरस्कार प्रदान गरिन थालिएको हो । रु ५० हजारको उक्त पुरस्कार यही भदौ २४ गते १५३आँै मोती जयन्तीका अवसरमा प्रदान गरिनेछ ।

विसं २०४२ बाट प्रदान गरिन थालेको उक्त पुरस्कार अहिलेसम्म ६७ जनाले प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.