जगदम्बाश्री बैरागी काइँलालाई र मदन पुरस्कार योगेश राजलाई

काठमाडौँ, १ भदौ : मदन पुरस्कार गुठीले यस वर्षको ‘जगदम्बाश्री’ र ‘मदन पुरस्कार’ घोषणा गरेको छ । सो गुठीको आज भएको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री र ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो । सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.