कविता वाचनपछि मात्र मूल्याङ्कन गरिने

काठमाडौँ, २८ जेठ : नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि मूल्याङ्कनको मापदण्डमा परिमार्जन गरी वाचनपछि मात्रै पुरस्कृत कविताबारे निर्णय गर्ने भएको छ । विगत वर्षमा वाचन गरिनुपूर्व नै मूल्याङ्कनकर्ताले प्राप्ताङ्क दिने गरेकामा प्रतियोगितालाई पारदर्शी र व्यवस्थित बनाउन यस वर्ष वाचनका लागि बेग्लै १० नं दिइने प्रबन्ध गरिएको हो ।

प्रतिष्ठानले स्थापना दिवसका दिन असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलका अनुसार आशन्न ६२औँ स्थापना दिवसमा आयोजना गरिने महोत्वसका लागि तीन सय ४१ प्रतियोगीको कविता प्राप्त भएको छ । उहाँले प्राप्त कवितालाई कोडिङ गरी कविको नाम र तस्बीर गोप्य राखी विशेषज्ञलाई दिइने, पहिलो चरणको छनोटबाट वाचनका लागि ३० जना चयन हुने र वाचनपछि पहिलो, दोस्रो र तेस्रो गरी पाँच जनालाई पुरस्कृत गरिने जानकारी दिनुभयो । गत वर्ष दुई सय २९ कविता वाचन गरिएको थियो ।

पुरस्कारको राशि क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ । यसरी मूल्याङ्कन गर्दा भूगोल वा जातका आधारमा नभइ केवल कविताको मात्रै मूल्याङ्कन हुने उहाँको भनाइ छ । प्रतिष्ठानले समसामयिक विषयमा १५० शब्दभित्र कविता आव्हान गरेकामा कविता बुझाउने अन्तिम मिति सोमबार सकिएको थियो ।

महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयमा कार्यपत्रसहित काव्य विमर्श हुनेछ भने गत वर्षका विजयी कविलाई आगामी असार ३ गते राष्ट्रपति भवन शीतल निवासमा आयेजना हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal