कन्दङ्वाको ‘एक जुवा घाम’ सार्वजनिक

काठमाडौँ, १० भदौ : इजरायलमा बसेर कविता सिर्जनाका साथसाथै साहित्य सेवा गरिरहेकी तेह्रथुमकी सुनिता राई कन्दङ्वा आफ्नो पहिलो कवितासङ्ग्रह ‘एक जुवा घाम’ लिएर आउनुभएको छ ।

सानैदेखि कविता लेखनमा अभिरुचि लिनुभएका उहाँका यसअघि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशन भएका थिए । सङ्ग्रहमा ‘एक जुवा घाम’, ‘एक जीवित आत्मा’, ‘आमाको पुकार’, ‘ढाँडखोला भञ्ज्याङ र मेरी आमा’, र ‘कदेखि ज्ञसम्म’ लगायत शीर्षक ६१ कविता समाविष्ट छन् ।

कविता ग्रामीण विम्ब, प्रतीक र मिथकको कुशल प्रयोग भई सरल र सम्प्रेष्य रहेको साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो । सङ्ग्रहभित्र प्रा डा गोविन्दराज भट्टराई कन्दङ्वालाई ‘समकालीन नेपाली कविता जगत्मा राम्रा कविता रच्ने एक स्पष्टवादी नारी स्रष्टा’ भनेका छन् ।

सङ्ग्रह विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.