छिन्नलता गीत पुरस्कार तथा सम्मान विभिन्न स्रष्टालाई

काठमाडौँ, १७ जेठ : छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ ।

गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल (संयुक्त), गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार (बोल माया बोल…) र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

गीत, सङ्गीत, विशेष सम्मानको नगद राशि रु ५० हजार र युवा नवप्रतिभाको राशि रु ४० हजार सम्मानपत्रसहित रहेको छ । गुठीका अध्यक्ष प्रा वासुदेव त्रिपाठीको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट तथा साधारणसभाले ती पुरस्कार तथा सम्मान ती स्रष्टालाई अर्पण गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।

ती पुरस्कार गुठीका संस्थापिका तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिमा आगामी असार २७ गते वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal