क्षेत्रीको ‘व्रतभङ्ग’ सार्वजनिक

काठमाडौँ, २२ वैशाख : कथाकार एल बी क्षेत्रीको नयाँ कथा सङ्ग्रह ‘व्रतभङ्ग’ राजधानीमा सार्वजनिक भएको छ । आख्यानकार ध्रुवचन्द्र गौतम, समीक्षक अर्चना थापा, महेश पौड्याल, तथा लेखक क्षेत्रीले शनिबार पुस्तकको संयुक्त रुपमा विमोचन गरेका थिए ।

साहित्यकार थापाले महिला–पुरुष सम्बन्धका विविध आयामबारे कथा बुनिएको बताउनुभयो । कवि एवं समालोचक पौड्यालले क्षेत्रीका कथामा यौन मनोवैज्ञानिक पक्ष मात्र नभइकन सूक्ष्म मनोवैज्ञानिक जीवनबोधी पाटा पनि भएको र यो पाटो नै बढी शक्तिशाली रहेको बताउनुभयो ।

आख्यानकार गौतमले क्षेत्रीका कथामा जर्ज बनार्ड शा र हेनरिक इब्सेनको आंशिक प्रभाव देखिए पनि शैली आफ्नै मौलिकतामा उभिएको बताउनुभयो ।

पुस्तकलाई बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal