प्रदर्शनीमा ३२५ कलाकृति

काठमाडौँ, ३० चैत : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्न लागेको नवौँ राष्ट्रिय कला प्रदर्शनीमा देशभरका २७७ कलाकारका ३२५ कलाकृति सङ्कलन भएको छ ।

आगामी वैशाख २ देखि १७ गतेसम्म जारी रहने सो प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला, आधुनिक तथा परम्परागत मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला सङ्कलन गरिएका हुन् । प्रदर्शनीका लागि सहभागी गराइएका कलाकृति दुई वर्षभित्र रचना गरेको र राष्ट्रियस्तरको प्रदर्शनीमा भने समावेश भएका छैनन् ।

प्रदर्शनीलाई सम्पन्न गर्न ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा आफ्ना सिर्जना पठाइसक्नुपर्ने व्यवस्था गरिएको थियो । प्रतिष्ठानका कुलपति केके कर्माचार्य तथा वरिष्ठ कलाकार शङ्करनाथ रिमाल, शशिविक्रम शाह, उत्तम नेपाली, शङ्करराजसिंह सुवाललगायत ३० जनाको कलाकृति सङ्कलन गरिएको छ । ती कृति प्रतिस्पर्धामा समावेश छैनन् ।

प्रत्येक विधामा एक जनालाई रु ६० हजार राष्ट्रिय ललितकला पुरस्कार तथा दुई जनालाई रु २५ हजारको विशेष पुरस्कारको व्यवस्था गरिएको प्राज्ञ सुष्मा राजभण्डारीले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट एक÷एक जनालाई रु २५ हजारको प्रदेश विशेष पुरस्कार प्रदान गरिनेछ । साथै रु २५ हजारको ललितकला लेखन पुरस्कार र सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal