नेपालमा ‘ल्याटिन डान्स फियस्टा’ महोत्सव

काठमाडौँ, २१ चैत : साल्सा नृत्य (ल्याटिन अमेरिकी मुलुकमा प्रचलित नृत्य) मा कार्यरत ‘फोर्ट साल्सा स्ट्युडियो’ले आयोजना गरेको ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ प्रशिक्षण महोत्सव आजदेखि शुरु भएको छ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने कार्यक्रमले नेपालमा साल्सा नृत्यको प्रवद्र्धन र पर्यटन क्षेत्रलाई टेवा पु¥याउनुका साथै सांस्कृतिक पक्षलाई समेत आदानप्रदान गर्ने उद्देश्य राखेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा साल्सा नृत्यका विश्व विख्यात प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारको नृत्यकला तथा प्रशिक्षण रहने आयोजक संस्थाका अध्यक्ष योगेशराज श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा नेपाललगायत विभिन्न मुलुकका इच्छुक प्रशिक्षार्थीसमेत रहनुहुनेछ ।

महोत्सवले कला क्षेत्रबाट देशको सांस्कृतिक र आर्थिक पक्षलाई सबल बनाउँदै साल्सा नृत्य प्रेमीको कलालाई अझ निखार बनाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.