कोलकाताका साहित्यकारलाई प्रज्ञाप्रतिष्ठानबाट स्वागत

काठमाडौँ, २१ चैत : भारत पश्चिम बङ्गाल राज्य, कोलकातामा बसेर नेपाली साहित्य सिर्जनामा लाग्ने स्रष्टालाई नेपाल प्रज्ञा प्रतिष्ठानले स्वागत गरेको छ ।

नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापा र नृत्य निर्देशक दिलीप थापा, भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष राजु पाठक, साहित्यकार गणेशकुमार प्रधान, डा एपिजे अब्दुल कलम प्रतिष्ठानका महासचिव मुन्ना भाइ, कवयित्री आशा बराललगायत पोखरामा अलि मियाँ प्रतिष्ठानको कार्यक्रममा सहभागी भएर यहाँ आउनुभएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लैनसिंह वाङमय साहित्यकला प्रतिष्ठान कोलकाताका अध्यक्ष गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘कोलकातामा सिर्जनाका फूलहरु’ विमोचन गर्नुभयो । प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा सन् १९११–२०१३ सम्म प्रकाशन भएका साहित्यिक कृति र पुस्तक पत्रिका तथा स्रष्टाका बारेमा उल्लेख छ ।

कोलकातामा नेपाली भाषा, धर्म, संस्कृतिसम्बन्धी ५२ संस्था क्रियाशील छ । कोलकातामा बसोबास गर्ने नेपालीको प्रयासले नेपाली भाषामा पत्रपत्रिका र पुस्तक प्रकाशन भए पनि टिक्न नसकेको उहाँले गुनासो गर्नुभयोे । उहाँले भन्नुभयो, “हामीले प्रयास गरेर प्रकाशन शुरु गरे पनि १०÷११ अङ्कपछि अर्थ अभावले नै गर्दा धेरै पत्रपत्रिका बन्द भइरहेका छन् ।”

प्रतिष्ठानका कुलपति उप्रेतीले नेपालको कोलकातासँग धार्मिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो । कोलकातामा रहेका नेपालीले निर्माण गर्ने योजना बनाएको ‘नेपाली भवन’ ले त्यहाँको कला र साहित्य विकासमा सहयोग गर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “सम्बन्धित मन्त्रालयले पनि भवन निर्माणका लागि सहयोग गर्नुपर्ने खाँचो छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव तथा कोलकाताका लागि पूर्वमहावाणिज्यदूत चन्द्रकुमार घिमिरेले त्यहाँका नेपालीले भाषा र यहाँको माटो सम्झिएर काम गरिरहेको बताउनुभयो ।

पूर्वराजदूत मदनकुमार भट्टराईले कोलकातामा नेपाली विद्यार्थीको सङ्ख्या घटिरहेको बताउनुभयो ।

पूर्वसचिव तथा महावाणिज्यदूत सुरेशमान श्रेष्ठले कोलकातामा रहेका नेपाली क्रियाशील भएर संस्कृति र समाजसेवामा लागिपरेको उल्लेख गर्नुभयो ।

नेपाली जनकल्याण समिति कोलकाताका प्रमुख सल्लाहकार धर्मराज बरालले नेपालभन्दा टाढा रहेर पनि कोलकाताका नेपालीले भाषा र साहित्यलाई समृद्ध बनाउन योगदान गरेको बताउनुभयो ।

भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका अध्यक्ष पाठकले कोलकातामा रहेका नेपालीलाई एकीकृत गर्नका लागि पनि ‘नेपाली भवन’ को निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तररााष्ट्रिय नेपाली साहि त्य समाजका अध्यक्ष राधेश्याम लेकालीले नेपाली भाषा साहित्यका विकासमा दार्जलिङपछि कोलकाता दोस्रो स्थानमा रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal