राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक

काठमाडौँ, २३ फागुन : साहित्यकार रक्ष राईको कथासङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा आएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले बुधबार सो सङ्ग्रह सार्वजनिक गर्नुभएको हो ।

साहित्यकार काइँलाले नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका स्रष्टाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील रहेका राईको कथासङ्ग्र्रह नेपाली कथासाहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

समालोचक प्रा डा ज्ञानु पाण्डेले ‘पल्टनको फोटो’भित्रका कथाहरूमा विचार, दर्शन र चिन्तनको सङ्गम रहेकोे बताउनुभयो । नेपाली प्रतिभा प्रतिष्ठानका संयोजक प्राज्ञ शशी लुमुम्बूले खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.