पाँच स्रष्टालाई वासु शशी स्मृति सम्मानबाट सम्मानित गरिने
काठमाडौँ, १९ फागुन : वासु शशी स्मृति परिषद्को २५औँ रजत जयन्तीका अवसरमा पाँच स्रष्टालाई सम्मान गरिने भएको छ ।
परिषद्ले साहित्यकार श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थरलाई ‘वासु शशी साहित्य सम्मान–२०७५’ प्रदान गर्ने भएको छ । परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८३औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १२ गते प्रदान गरिने सचिव प्रद्युम्न जोशीले बताउनुभयो ।
सम्मानको राशि जनही रु दश हजार रहेको छ ।
