‘जीवनको हरेका पक्षलाई नाटकले उजागर गर्छ’

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई बुधबार सुशीला कोइराला नाटक घर, आरोहण गुरुकूल विराटनगरमा शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७५ को उदघाटन समारोहमा सहभागी हुँदै । तस्बिरः मनोज दाहाल, विराटनगर

विराटनगर, १५ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जीवनको हरेक पक्षलाई उजागर गर्न नाटकको विशेष महत्व रहेको बताउनुभएको छ ।

सुशीला कोइराला नाटक घर, आरोहण गुरुकुल, विराटनगरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले महोत्सवले कलाकार, रङ्गकर्मीको अनुभव र भावना साटासाट गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान दिन सफल नाटक विधामा अहिले पनि नागरिकको निकै रुचि रहने गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले नाटक नेपाली इतिहासमा पुरानो विधा भए पनि यसलाई अब नयाँ शैलिबाट सञ्चालन गर्नु पर्ने सुझाव दिनुभयो । सांसद खेम नेपाली र प्राज्ञ दधिराज सुवेदीले नाटकले भाषा, कला र साहित्यको प्रचार प्रसार एवं विकासमा मद्दत पुर्‍याएको छ भन्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ लैजान नाटकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । फागनु २४ गतेसम्म चल्ने नाटकमा नेपाल, बङ्गलादेश, इटाली, भारत, श्रीलंका र अफगानिस्तानका कलाकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.