साहित्यकार रेग्मीको निधन

काठमाडौँ, ८ फागुन : वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको आज दिउँसो ७८ वर्षको निधन भएको छ ।

विक्रम संवत् १९९८ असोज १ मा काठमाडौँमा जन्मनुभएका रेग्मीलाई आज सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौँ मेडिकल कलेजमा भर्ना गरिएकामा अचानक उहाँको निधन भएको नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष रोचक घिमिरेले जानकारी दिनुभयो ।

चिनी र उच्च रक्तचापबाट पीडित भए पनि उहाँमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण उहाँको निधन भएको जानकारी अस्पतालले दिएको उहाँँले बताउनुभयो । स्व रेग्मीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

‘नेपालमा आम सञ्चारको विकास ,२०५८’ नामक कृति प्रकाशित छन् । ‘भूपि शेरचनका कविता’, ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिकको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टि : दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित छन् ।

उहाँ गोरखादक्षिण बाहु र त्रिशक्ति पटबाट विभूषित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.