युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट शर्मा सम्मानित

काठमाडौँ, ६ फागुन : युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार शर्मा रु २० हजार एक रुपैयाँबाट पुुरस्कृत हुनुभएको हो । विसं १९६४ पुस २७ गते भक्तपुरको सिरुटारमा जन्मिनुभएका मिश्र प्रगतिवादी कवि हुन् । उहाँ सामन्तवादको विरुद्ध कविता लेख्ने पहिलो गणतान्त्रिक कवि हुन् ।

विसं २०१० मा उहाँले मसान कविता सङ्ग्रह प्रकाशन गर्नुभएको थियो । सो कविता सामन्तवादको विषयमा लेखिएको थियो । विसं २०१५ मा अमर कविता प्रकाशित भयो जुन कविता प्रेसबाट नै जफत हुनपुग्यो । कार्यक्रममा साहित्यकार डा पशुपति तिमल्सिनाले मिश्र त्यागी कवि भएको बताउनुभयो । मिश्रको कवितामा सामन्तवाद र सामन्ती भावना नष्ट गर्ने विचार भएको औँल्याउनुभयो । गणतन्त्रप्रति उहाँको ठूलो योगदान रहेको तिमिल्सिनाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मिश्र प्रतिष्ठानका अध्यक्ष जीवेन्द्रदेव गिरीले पौराणिक विषयलाई मिथक बनाएर कविता लेख्ने प्रगतिवादी कवि भएको बताउनुभयो । साहित्यकार वासुदेव अधिकारीले मिश्र युग परिवर्तन गर्ने विचारवादी कवि भएको बताउनुभयो । “युग परिवर्तनमा उहाँको कविताले ठूलो योगदान दिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा सम्मानित शर्माले युग बदल्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.