पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित

विराटनगर, २६ माघ : राष्ट्रिय प्रतिभा पाँचजना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम–२०७५ मा उहाँहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो ।

भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई वर्षेनी पुरुस्कृत एवं सम्मान गर्दै आएको आएको छ ।

पुरस्कृत एवं सम्मानित हुनेमा रु एक लाख एक हजारको राशिबाट साहित्यकार प्रा डा कपिलदेव लामिछाने हुनुहुन्छ । त्यस्तै जनही रु ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन् ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने महानुभावलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद पक्ष हो भन्नुभयो । पुरस्कृत एवं सम्मानित साहित्यकार प्रा डा लामिछाने, संस्कृतिविद् प्रा डा सोमप्रसाद खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले हामीलाई समाजमा काम गर्न थप उत्साह मिलेको चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विद्यामा काम गर्ने मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रतिष्ठानले हरेक महीनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै अहिलेसम्ममा छ दर्जनभन्दा बढी प्रवुद्ध व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरिसकेको सदस्य मीनकुमार नवोदितले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal