नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकार भैरव रिसालको ९१ औं जन्मदिनको अवसरमा रिसालद्वारा लिखित नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक विमोचन गर्दै कृष्ण खनाल, भरतराज पाण्डे साथै लेखक भैरव रिसाल लगायत । तस्बिर: प्रदीपराज वन्त

काठमाडौँ, २९ साउन : वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण खनालले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

सो अवसरमा लेखक रिसालले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउँदै पुस्तक प्रकाशित भएर आफूमा थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले यो पुस्तकले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताउँदै कुन समयमा कसको नेतृत्वमा सरकार बनेको कुरा पुस्तकले जानकारी दिनेछ भन्नुभयो ।

प्रा खनालले सरकारका मन्त्री र सांसदका सङ्ग्रह निकालेर लेखकले नेपाली इतिहासलाई जीवन्त बनाउने प्रयास गरेको धारणा व्यक्त गर्नुभयो ।

पुस्तकमा २००७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री, मन्त्री, सांसद र प्रदेश सांसदको नामावली समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.