चित्रमा ‘मिथिला कला’ सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी

काठमाडौँस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको चित्रकार एससी सुमनका ‘मिथिला कला’ । तस्वीर: नारायण ढुङगाना

नारायण ढुङ्गाना । काठमाडौँ, २२ माघ : कलाका माध्यामबाट भौगोलिक क्षेत्रको पहिचान दिने ‘मिथिला कला’ पछिल्लो समयमा मौलिकतासँगै आधुनिकता जोडेर व्यावसायिक बन्दै गएको छ ।

मिथिलाञ्चल क्षेत्रको घर, आँगनमा कोरिने मिथिला संस्कृति र परम्परा विस्तारै अन्य समाजमा पनि फैलँदै छ । मिथिला क्षेत्रमा दैनिक जीवनमा नभई नहुने उक्त कलाको लोकप्रियता अहिले विश्वभरि नै फैलिएर प्राय महत्वपूर्ण क्षेत्रमा सङ्ग्रहित छ ।

तीन देशकदेखि यही कला क्षेत्रमा लाग्नुभएका चित्रकार एससी सुमनले त्यही मिथिला क्षेत्रलाई समेटेर काठमाडौँको सिद्धार्थ आर्ट ग्यालरीमा १६ औँ चित्रकला प्रदर्शनी गर्नुभएको छ । आर्ट पेपर र लोक्ता(नेपाली कागज)मा एक्रेलिक र मिक्स रङ घोलेर उहाँले तयार पारेका चित्रमा साँच्चिकै मिथिला झल्किन्छ ।

ती चित्रले मौलिक जीवनका कथा र संस्कृति बोलेको पाइन्छ । हालै मात्र एक लाख १० हजारमा बिक्री भएको एउटा चित्रमा उहाँले काठमाडौँ स्वयम्भूलाई विम्ब बनाएर यस्तै मौलिक संस्कृति पशुपति, जनकपुर क्षेत्रको संरक्षणमा ध्यानाकर्षण गराउनुभएको छ । यहाँ उहाँका सात चित्र बिक्री भइसकेका छन् । प्रदर्शनी अझै १५ दिन सम्म चल्छ ।

सांस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मिथिलाको कला आफैँमा मौलिक हो । हिन्दू पौराणिक कथामा समावेश मिथिलाञ्चलको संस्कृति जोगाउन चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ । नेपालको लोक कलाको रुपमा चिनिने मिथिला कलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक छन् ।

त्यसैले लाखौँ खर्र्चिएर भए पनि मिथिला चित्रकला पारखीले खरीद गरेर लैजान्छन् । वर्तमान समयमा भने यसको मौलिकतासँगै आधुनिकतासमेत मिसिन थालेको चित्रकार एससी सुमन बताउनुहुन्छ । उहाँका अनुसार चित्रकला कै कारण जनकपुरलगायत आसपासको मौसिकता संरक्षण हुँदै आएको पाइन्छ ।

काठमाडौँस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको चित्रकार एससी सुमनका ‘मिथिला कला’ । तस्वीर: नारायण ढुङगाना

पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै छन् । जनकपुरमा महिला चित्रकार धेरै छन् । अजितकुमार शाह, पुनमकुमारी दास, सुनैना ठाकुर, श्यामसुन्दर यादव, मिथिलादेवी यादव र समसामयिकतर्फ हरिओम मेहतालगायतले कलामार्फत मिथिला क्षेत्रको मौलिक संस्कृति र परम्परालाई संरक्षण र सम्वद्र्धन गर्दै आएका छन् ।

लोक्ता (नेपाली कागज)मा मसिनो ढङ्गले रङ भरेर सुन्दर आकृति बनाउनु कम्ता चुनौती छैन । सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार सुमनका यस्ता मनमोहक दृष्यले दर्शकलाई लोभ्याएको छ । मिथिला क्षेत्रका मानिसले चाडपर्व, विवाहलगायत कुनै पुण्य कार्यमा यस्ता कला घर, आँगन भित्तामा कोर्ने मौलिक चलन हो । त्यसैलाई उतारेर चित्रकारले व्यावसायिकतामा ढालेका छन् ।

लोक्ता या क्यान्भास जुनसुकै माध्याममा भए पनि जीवन्त चित्रले दर्शकलाई तानेको हुन्छ । मिथिलाञ्चलबाट राजधानी छिरेका चित्रकार अहिले मिथिला कलालाई व्यावसायिक बनाउने प्रयासमा छन् । प्रचारप्रसारमा अझै कमी रहेको चित्रकार बताउँछन् ।

सिर्जनात्मक कला देखाउन सक्ने हो भने मिथिलाकलाबाट पनि आम्दानी गर्न सक्ने दाबी चित्रकारको छ । आधुनिकता दिने नाममा मौलिकता हराउन नहुनेमा चित्रकार एक मत छन् । मिथिलाको मौलिक कलामा पनि समय सान्दर्भिक परिवर्तन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal