कलामैत्री नीति ल्याउनुपर्ने

काठमाडौँ, २१ माघ : नेपाली समसामयिक कलाको विकास र प्रवद्र्धनका लागि सरकारी तहबाट आवश्यक नीति ल्याउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागले आज आयोजना गरेको ‘नेपाली समसामयिक चित्रकलाको विकास प्रवद्र्धन’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले प्रदेश र स्थानीय तहदेखि नै कला शिक्षालयको तहगत विकास गर्नुपर्नेमा सुझाउनुभएको हो । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले मुलुकको धार्मिक, ऐतिहासिक तथा सामाजिक परिवेशका प्रभावमा कलाको विकास भएको बताउँदै समाजको विद्यमान विषयवस्तुमा समसामयिक कला केन्द्रित हुने हुँदा यसले सकारात्मक परिवर्तनमा भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

कलाकार मुकेश मल्ल, गणेशकुमार जिसी र डा यमप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्दै ललितकला क्षेत्र विभिन्न धारमा विभक्त भएका कारण यसको विकासमा अवरोध पुगेकाले सरोकार पक्षको एकतामा जोड दिनुभयो । चित्रकला विभागका प्रमुख सुषमा राजभण्डारीले मुलुकमा विभिन्न कालखण्डमा विकास भएका कला तथा संस्कृतिको गहिरो अनुसन्धान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.