नेपाल मेरो देश
सुन्दर देश नेपाल मेराे प्राण भन्दा प्यारो छ
जता हेर्यो हरियाली नाचौं गाअाैं लाग्दछ
तराई, पहाड, हिमाल मेरो देश नेपाल
विश्वमै छ सुन्दर, शान्त अनि विशाल
जब घाम झुल्कियो सगरमाथा टल्कियो
सगरमाथा टल्किएर सारा संसार झल्कियो
विश्वले नै चिन्ने गर्छ गाेर्खाली भनी हामीलाई
वीर अनि बहादुर मान्ने गर्छन् हामीलाई
शहीदले रगत बगाई राष्ट्रलाई बनाए
संसारमा हामीलाई नेपाली भनी चिनाए
दिवाकर बराइली
कक्षा – ६
एभरेष्ट इङ्गिलस एकेडेमी
अर्जुनधारा – ५, बाँसबारी, झापा
(कक्षा ६ मा पढ्ने यि दिवाकरको हौसलाको लागी उनको यो कविता जस्ताको तस्तै प्रस्तुत गरेका छौं । )