‘कोख मेरो, सन्तान कस्को ?’

काठमाडौँ, २१ माघ : संविधानतः नागरिकता मौलिक अधिकार भए पनि बाबु नभएको वा बाबुले बेवास्ता गरेको नाममा नागरिकताविहीन भएकाका कथा व्यथा समेटेर महिला, कानून र विकास मञ्चले बबरमहलस्थित कला परिषद्मा ‘कोख मेरो, सन्तान कस्को ?’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ ।

संविधानले आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउने प्रावधान गरेपनि नयाँ कानून नबनेका कारण त्यसको कार्यान्वयन हुन नसकेको सन्दर्भमा प्रदर्शनी शुरु गरिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदर्शनीको पहिलो दिन आज नागरिकताको माग गर्दा पीडितले भोगेको समस्या र पीडा व्यहोर्नु परेको र भक्तपुरकी एक महिलाले आत्महत्यासमेत गर्नु परेको यथार्थमूलक घटनामा आधारित सन्देशमूलक प्रस्तुत गरिएको थियो । प्रदर्शनी चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.