बाह्रखरी कथा प्रतियोगिता हुने

काठमाडौँ, २१ माघ : वाङ्मय क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्न ‘१२ खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज १२ खरी बुक्सले यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता अन्र्तगत आगामी फागुन २० गतेभित्र कथा पठाई सक्नुपर्ने जानकारी दिएको छ । कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति केही सुस्ताएको महसुस गर्न थालिएकाले कथा लेखनमा नवप्रतिभाको प्रवेश गर्ने हेतुले प्रतियोगिता आयोजना गर्न लागिएको बाह्रखरीका कला तथा साहित्य सम्पादक लेनिन बन्जाडेले जानकारी दिनुभयो ।

‘उत्कृष्ट कथा’को लोकार्पण गरिने र छानिएका कथाको इ–बुक प्रकाशित गरिनेछ । कथा कम्तीमा १५०० देखि बढीमा ४००० शब्दको हुनुपर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः रु एक लाख, ६० हजार र ४० हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ वटा कथाको पुस्तक प्रकाशित गरिने विज्ञप्तिमा छ । त्यस्तै, सङ्ग्रहमा प्रकाशित हुने सबै (प्रथम, द्वितीय र तृतीयबाहेक) कथाकारलाई जनही रु पाँच हजार पारिश्रमिक प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.