स्पन्दनका बाह्र कविता वाचन

काठमाडौँ, १७ माघ : सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा हुने एकल कविता वाचन कार्यक्रममा कवि जयन्ती स्पन्दनका बाह्र कविता वाचन भएका छन् ।

गुरु, एउटा भूमिभित्रको कथा, मोहभङ्ग, मौन सडक र मानिस, भुँइचालो आछ, महिला समानता, सबै एकपल्ट भन्न मन लाग्छ, छोरा, छोरा र छोराहरु नै, संवैधानिक आस्था, पढेर फूललाई, किन रुँदैछन् आत्माहरु र उभिएको छ समय तिम्रो गरी स्पन्दनका बाह्र कविता वाचन गरिएका हुन् ।

स्पन्दनको कविता वाचनका लागि कवि बन्दना ढकाल, गोपालकुमार मैनाली र ललिता दोषीले साथ दिनुभएको थियो । “दिनभरीको कार्यव्यस्तता र पारिवारिक जिम्मेवारी निभाउँदै रातको समयलाई कविता लेख्ने मुख्य समय बनाउँदै आएकी छु”, कवि स्पन्दनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.