रहमानको कृति नेपाली भाषामा

काठमाडौँ, २८ साउन : नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानले लेखेको ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरु) नेपाली संस्करणमा अनुवाद हुने भएकोछ ।

बङ्गलादेश राष्ट्रका रुपमा स्थापित हुनु अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा पुस्तक केन्द्रित हुने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

सन् १९४७ मा भारतबाट पाकिस्तान तथा सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेश अलग्गिएका थिए । विसं २०१४ मा स्थापित प्रतिष्ठानले पुराना साहित्यकारका विभिन्न कृति सङ्ग्रह तथा प्रकाशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.