एकता हुँदै दुई जनसांस्कृतिक सङ्गठन

काठमाडौँ, २० पुस : जनसांस्कृतिक महासङ्घ नेपालका दुई सङ्गठन अब चाँडो एकीकरण हुने भएको छ ।

नेतृत्व छनोटको प्रक्रियामा रहेकाले सो कार्य सम्पन्न भएलगत्तै एकताको घोषणा हुने भएको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गत जेठ ३ गते एकीकरण भएपछि तिनका भ्रातृ सङ्गठनका रुपमा दुवै एक हुनका लागि आवश्यक विधान अन्तिम चरणमा पुगेको ती संगठनले जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता मणि थापाले कला, साहित्य समाज परिवर्तनका लागि सशक्त माध्यम भएको बताउँदै कलाकार तथा सांस्कृतिककर्मीले मुलुकको राजनीतिक क्षेत्रलाई मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घको ३१ औँ स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जनसङ्गीत मञ्च नेपालका अध्यक्ष माधव प्रधानले देशमा लोकतन्त्र स्थापनाका लागि प्रगतिशील कलाकारले सिर्जना गरेका गीत, रचना तथा सङ्गीतले सहयोग पु¥याएको भए पनि उनीहरुको योगदानको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।

प्राज्ञ देवी नेपाल, महासङ्घका अध्यक्ष खगेन्द्र राईलगायतले प्रगतिवादी साहित्यको शुरुआत भूमिगत कालदेखि भएको बताउँदै यसको पृष्ठभूमि र इतिहास सोही समयदेखि कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal