मदन–शिला साहित्यिक पुरस्कार पोखरेल, घिमिरे र पन्थीलाई

मदन–शिला प्रतिष्ठानले ‘मदन–शिला साहित्यिक पुरस्कार –२०७४’ वितरण गरेको छ ।

प्रतिष्ठानले साहित्यकार तथा पत्रकार मदनदेव भट्टराईको ८६औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा ‘मदन–शिला साहित्यिक स्रष्टा पुरस्कार’बाट बालकृष्ण पोखरेललाई तथा ‘मदन–शिला साहित्यिक पुरस्कार’बाट शिवानी घिमिरे र शशी पन्थीलाई संयुक्त रुपमा प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव मणिदेव भट्टराईले बताउनुभयो ।

उहाँहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दोसल्ला ओढाई नगदसहित पुरस्कार प्रदान गर्नुभएको हो । पोखरेललाई नगद रु एक लाख एक हजार, घिमिरे र पन्थीलाई नगद रु ५० हजार ५०० सहित उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार वितरण गर्दै प्रतिष्ठानका कुलपति उप्रेतीले नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताउनुभयो । पोखरेललाई नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा पु¥याउनु भएको योगदान तथा घिमिरे र पन्थीलाई नेपाली भाषा तथा साहित्यको समुन्नतिका लागि नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत प्रदान गारिएको प्रतिष्ठानका सदस्यसचिव भट्टराईले जानकारी गराउनुभयो ।

यसअघि उक्त मदन–शीला स्रष्टा सम्मान मदनमणि दीक्षित, प्रेमा शाह र किरण खरेल तथा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.