डा. अस्मिताले ल्याइन कविता संग्रह “मनको तिरैतिर”

२१ साउन २०७५, काठमाडौं । एमबीबीएस अध्ययन सकेर काठमाडौंको केएमसीमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत चिकित्सक डा. अस्मिता अर्यालले अध्ययनका क्रममा सिर्जना गरेका कविता, गजल र हाइकुहरूको संग्रह “मनको तिरैतिर” लिएर आएकी छिन  ।

अर्यालको उक्त कविता संग्रह राजधानीमा प्रमुख अतिथि वरिष्ठ कवी तथा गीतकार कालिप्रसाद रिजाल,  लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी, साहित्यकार प्रा.डा. सावित्री कक्षपति, डा. अर्यालकी आमा मायादेवी अर्याल र बुबा एकनारायण अर्यालले संयुक्त रुपमा लोर्कापण गर्नुभयो ।

कवयित्री डा. अर्यालले कविता संग्रहलाई ‘क’ र ‘ख’ गरी २ खण्डमा  विभाजन गरेकी छन् । खण्ड ‘क’ मा ‘प्रिय पीपलबोट’, ‘सुनसान रात’, ‘सपना अमेरिका’, ‘भाग्य रेखा’, ‘त्यो मुटुको हार भएछ’, ‘कोठीमा बेचिएकी चेली’, ‘अभागी डाक्टर म’, ‘जाँदीनम सती’ लगायतका ५१ वटा कविता र गजल समावेश गरिएको छ ।

खण्ड ‘ख’ मा पेट छ ठूलो, घुसिया ती नेताको, नेपाली भोकै, पसिना बग्यो, मेहनत किसान, साहुको मस्ती, रित्तो दिमाग, सादा नारा जुलुस, कलेज किन ?, दूरसञ्चार, जनतालाई सेवा, नेटवर्क खै ? जस्ता समसामयिक विषयमा व्यंग्य गर्दै १ सय १५ वटा हाइकुहरू समावेश छन् ।

डा. अर्यालका कृतिमाथी साहित्यकार प्रा.डा. सावित्री कक्षपतिले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो भने वरिष्ठ कवी तथा गीतकार कालिप्रसाद रिजाल,  लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरीले कवी अर्याल र उनका कृतिका बिभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.