भारती खरेल स्मृति पुरस्कार रमा शर्मालाई

काठमाडौँ, १६ मङ्सिर: यसवर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार छ ।

साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१औं जन्मजयन्ती एवं उहाँको स्मृतिमा आज आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गर्नुभयो । प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरु पनि गर्नुपर्ने बताउनुभयो । भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिँदै आउनुभएकी प्राध्यापक शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताउनुभयो ।

सो अवसरमा प्रा डा हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उहाँको अतुलनीय योगदान रहेको जानकारी दिनुभयो । “पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन्”, उहाँले भन्नुभयो । खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन् । त्यसैगरी उहाँले अन्य कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन् । प्रतिष्ठानको विसं २०४९ मा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800, 9841364150
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal