अधिवक्ता पोखरेलको १०औँ कृति ‘नीतिसङ्ग्रह’ विमोचन

काठमाडौँ, ८ मङ्सिर : अधिवक्ता तथा आचार्य गुरु तुलसीराम पोखरेलको १०औँ कृति ‘नीतिसङ्ग्रह’को विमोचन गरिएको छ ।

सामाखुशी साहित्य समाजले आयोजना गरेको नियमित साहित्यीक कार्यक्रममा पोखरेलको १० औँ कृति ‘नीतिसङ्ग्रह’को साहित्यकार डा तुलसी भट्टराईले विमोचन गर्नुभएको हो । डा भट्टराईले नीति जीवनका लागि उपयोगी कुरा भएको बताउँदै आगामी दिनमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिलगायतका विषयमा छुट्टाछुट्टै नीति लेखेर अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

साहित्यकार डा बमबहादुर थापा ‘जीताली’ले समाज र राष्ट्रलाई सही दिशामा लैजान स्पष्ट नीतिको खाँचो रहेको बताउनुभयो । पुस्तकका लेखक पोखरेलले श्रीमद्भागवत्, गीता, पुराण, उपपुराण र चाणक्य नीतिको प्रभावले नीतिसङ्ग्रह लेखेको बताउनुभयो । “स्पष्ट नीति नभएका कारण समाज दिशाहीन भएको छ,” उहाँले भन्नुभयो ।

विसं २०६० कात्तिक २३ गते स्थापना भएको सामाखुशी साहित्य समाजले हरेक महिना विभिन्न किसिमका साहित्यीक कार्यक्रम सञ्चालन गर्दै आइरहेको समाजका अध्यक्ष भाग्यशाली अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.