गायक लामिछानेका घरमा कवितासंग्रह विमोचित

भक्तपुर, २० साउन : साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।

चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो । लामिछाने तीन वर्षदेखि पक्षाघात र अन्य रोगबाट ओछ्यानमै थलिनुभएको छ ।

उहाँले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये रु १० हजार लामिछानेको स्वास्थ्योपचारका लागि प्रदान गर्दै सरकारलाई उहाँको उपचारका लागि उचित व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्ईँले उहाँको घरको अवस्था र स्वास्थ्यावस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उहाँको उचित व्यवस्थापनमा सरकारको ध्यान नपुगेकामा दुःख व्यक्त गर्नुभयो । क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले लामिछानेलाई स्रष्टाले पनि सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.