काव्य वाचनसहित ‘निर्मला’ खण्डकाव्य विमोचित

काठमाडौँ, २९ कात्तिक : मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ ।

त्रिहत्तरौँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मदन कार्की, मेनका पोख्रेल, जयन्ता पोखरेल, आनन्दराम पौडेल, विजयध्वज थापा, बाबुराम लामिछाने, दुर्गा तिवारी, अतृप्त पाण्डेय, कल्पना काफ्ले, विमला दाहाल, भुवन शिवाकोटी, प्रकाशमणि दाहाल, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, उर्मिला पाण्डेय, पुन्य विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुङ्गाना, त्रिभुवनचन्द्र वाग्ले, शर्मिला कार्की, निर्मल पराजुली, रवीन्द्र शैली, रश्मि रिमाल, गणेशप्रसाद खतिवडा, त्रिपुरा पौडेल, विजयध्वज न्यौपाने, कोपिला घिमिरे, शिवराम खड्का, शान्ति रिसाल, प्रकाश गफाडी, रचना दाहाल, विनोद पौड्याल, सुनिता सापकोटा, देवकी ढुङ्गाना, नारायण जनकपुरी, कृष्ण कँडेललगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कवि रत्ननिधि शुक्राचार्यद्वारा लिखित ‘निर्मला’ खण्डकाव्यको लोकार्पण गरिएको थियो । हिंसाविरुद्धको अभियानका रुपमा प्रस्तुत सो खण्डकाव्यमा गत साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलगायत पीडितलाई न्याय दिलाउन नागरिक समाज एकताबद्ध हुन आग्रह गरिएको छ । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कृतिको लोकार्पण गर्दै नागरिक अधिकारकर्मी तटस्थ भई समाज र सरकारलाई मार्गनिर्देश गर्नुपर्ने हुँदा दलगत स्वार्थमा लाग्न नहुने बतउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.