षडानन्द राष्ट्रिय पुरस्कार चटौतलाई
काठमाडौँ, २६ कात्तिक । यस वर्षको ‘षडानन्द राष्ट्रिय पुरस्कार’ नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यकार आरडी प्रभास चटौतलाई प्रदान गरिने भएको छ ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ७९औँ बैठकले सुदूरपश्चिमको डडेलधुरामा जन्मिएर त्यसै क्षेत्रलाई साधनाको मूल थलो बनाउनुभएका चटौतलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । रु ५० हजार राशिको उक्त पुरस्कार आगामी मङ्सिर २६ गते षडानन्दको १८४औँ जन्मजयन्तीका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी प्रतिष्ठानले २०७५ सालको डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित षडानन्द पुरस्कार धनकुटामा जन्मिएर साहित्य र शिक्षाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने प्रा डा दयाराम सम्भवलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि रु २५ हजार छ ।
