‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रा कोइरालालाई

काठमाडौँ, ११ कात्तिक : लीलाध्वज थापा साहित्य प्रतिष्ठनले यस वर्षको ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रा कुमार कोइरालालाई प्रदान गरेको छ ।

नेपाली साहित्य तथा शिक्षाको विकासमा उहाँले योगदान पु¥याएवापत सम्मान गरिएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शिक्षाको माध्यमबाट सामाजिक सशक्तीकरणमा कोइरालाले लामो समयदेखि भूमिका निर्वाह गरेकामा प्रतिष्ठानले त्यसको उचित मूल्याङ्कन गरेको विचार व्यक्त गर्नुभयो ।

सम्मानित कोइरालाले ठूलो स्रष्टाका नामबाट जोडिएको सम्मानले आफूलाई ऊर्जा थपिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्यको विकासमा सहयोग गर्ने स्रष्टालाई सम्मान गर्ने संस्थाको नीति रहेको
बताउनुभयो ।

प्रतिष्ठानले प्रकाशनमा ल्याएको मुकुन्द न्यौपानेको ‘मनको आँखा’ हाइकु सङ्ग्रहको विमोचन गरिएको उक्त कार्यक्रममा त्रिभुवनचन्द्र वाग्ले, डा शेषराज आचार्य, अतृप्त पाण्डेय, रूद्र अधिकारी, उमा दाहाल, महेशप्रसाद रिजाललगायतले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.