मालिक

सडककाे एक छेउमा

उ टाेलाई रह्याे

सडकमा किचिएकाे,

पेलिएकाे धुजा धुजा

एउटा कुकुर

 

सुनिरहेकाे थियाे

मानिसहरू फुसफुसाईरहेका थिए

यसकाे मालिक हुदाे हाे त

चक्का जाम हुन्थ्याे हाेला,

वार्ता हुन्थ्यो हाेला

यस्काे मूल्य हुन्थ्यो हाेला

 

उस्ले गम्याे मन भरि

मूल्यवान बनाईदिने

थुप्रै मालिकहरूका

लाेभ लाग्दा प्रस्तावहरू झलझली सम्झ्याे

 

उस्काे निष्कर्ष

मूल्यवान नभै नहुने

मूल्यवान हुन मालिक नभै नहुने

 

मालिक राेज्याे

मालिककाे सबै प्रस्तावमा लालमाेहाेर

लगायाे

आफू मूल्यवान भएकाेमा

आफू आफ्नाेपन सबै सुम्प्याे

मालिक पाएकाेमा

मस्त झुम्याे

कति खेर दास बन्याे पत्तै पाएन

मालिक मख्ख पर्याे

दासहरूकाे सिटमा

एउटा नम्बर थप्याे

 

स्याङ्गजा, १७ भदौ

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.