कृषि उत्पादनबाट जीविकोपार्जन

रसुवा, ४ असोज : उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ ।

स्थानीयवासी गोम्बो छिरिङ तामाङकाअनुसार भेडाबाख्रापालन र चौरीपालनका भरमा गाउँका ५५० परिवारले जीविकोपार्जन गर्दै आएका छन् । यहाँ आलु र सिमी पनि पर्याप्त मात्रामा फल्छ । आलु यहाँको प्रमुख वाली हो । तामाङ समुदायको बसोबास रहेको गतलाङमा आलु बिक्री गरी चामल, नुन, तेल र मसला खरीद गरी जिविकोपार्जन गर्दै आएका छन् ।

गतलाङमा यस वर्ष रु पाँच करोडभन्दा बढीको आलु उत्पादन भएको स्थानीयवासी मिङ्मा लामाले बताउनुभयो । आलुको मूल्य प्रतिकिलो रु २४ निर्धारण गरिएको छ । स्थानीयवासीले व्यापारीक केन्द्रमा आलु बिक्री गर्ने गरेका छन् । धुञ्चेबाट ३० किलोमिटर उत्तरमा रहेको गतलाङमा रु एक करोड ५० लाखभन्दा बढीको चौँरीगाईको दूध, रु दुई करोड बराबरको सिमी तथा रु १० करोडको कृषि उपज बिक्री गर्ने गरेको स्थानीयवासी गोम्बो छिरिङ तामाङले बताउनुभयो ।

पार्वतीकुण्ड नजिक दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र रहेको छ । केन्द्रले प्रतिलिटर रु ७० देखि रु ८० सम्ममा चौँरीगाईको दूध खरिद गर्ने गरेको छ । आमाछोदिङमो गाउँपालिकाको गतलाङ क्षेत्रमा होमस्टेसमेत सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.