जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह

कञ्चनपुर, १ असोज : कञ्चनपुरमा जङ्गली हात्तीले विध्वंश मच्चाउन थालेपछि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा प्रदेशसभा सदस्यले जोड दिएका छन् । भारतीय दुधुवा नेशनल पार्कबाट दुई साताअघि आएको हात्तीको ठूलो झुण्डले किसानले लगाएका धान, मकै र उखु बालीमा व्यापक नोक्सानी पु¥याएको थियो ।

केही दिनअघि हात्तीले शुक्लाफाँटा नगरपालिका वडा नं ३, ४, ५ र १२ तथा बेदकोट नगरपालिका वडा नं ८ र १० मा पु¥याएको नोक्सानीको स्थलगत अवलोकन गरी फर्किनुभएका प्रदेशसभा सदस्य लालबहादुर खड्काले आज प्रदेशसभा बैठकमा किसानले लगाएको बालीनाली जोगाउन र जीउधनको सुरक्षार्थ तत्काल हात्ती नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गर्नुभयो । ‘‘स्थानीय किसानको बाली पाक्दा र भित्र्याउँदासम्मका लागि अल्पकालीन र त्यसपछि हात्ती नियन्त्रणका लागि दीर्घकालीन योजना ल्याउनु पर्दछ” उहाँले भन्नुभयो ।

भारतको दुधुवा नेशनल पार्कबाट ५५ वटा हात्तीको झुण्ड यहाँ प्रवेश गरेको थियो । हालसम्म बेदकोट र शुक्लाफाँटामा गरी हात्तीको झुण्डले रु १० लाखभन्दा बढीको बालीनालीमा क्षति पु¥याएको छ ।

यसैबीच सांसद खड्काले शुक्लाफाँटा नगरपालिका–१ को खजुवामा स्याली नदी र वडा नं १२ मा दोदा नदीले गर्दै आएको भूक्षयका कारण बस्ती विस्थापनको सङ्घारमा पुगेकाले नदी नियन्त्रणका लागि कार्य अगाडि बढाइनुपर्ने संसद्समक्ष माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.