गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला

गोरखा ११, कात्तिक : गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा आज बिहान लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । फेला परेको सालक भारतीय प्रजातिको भएकोे डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइने उहाँको भनाइ छ ।

“आज फेला परेको सालक तामे सालक हो । यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताउनुभयो ।

लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने बल्छौडीले जानकारी दिनुभयो ।

नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ । नगरपालिकाको बोरकलोक फाँटको एक गोठमा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाइएकोे गणपति उज्वल केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.