कृषि ज्ञानकेन्द्र स्थापना

दैलेख, २१ भदौ : कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको औपचारिक उद्घाटन गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरणसँगै बजारीकरणका लागि तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापना गरिएको बताउनुभयो । प्रदेशको कृषि क्षेत्रका लागि विनियोजित बजेटलाई गरीबमुखी बनाउन कार्यालय स्थापना गरेर अगाडि बढेको उहाँको भनाइ थियो ।

प्रदेश सरकार नागरिकको विकासका लागि गम्भीर रहेको भन्दै उहाँले बजेट अभावमा कुनै पनि कार्यक्रम तथा योजना अधुरो नरहने जिकिर गर्नुभयो । कर्णालीको विकासका लागि सबैभन्दा पहिले सबैको चेतना परिवर्तन आउन आवश्यक रहेको औँल्याउनुभयो । जिल्ला समन्वयका रुपमा संविधानले परिकल्पना गरेअनुसार सबै जिल्लामा कृषि तथा पशु ज्ञानकेन्द्र स्थापना दैलेखबाट शुरु गरिएको मन्त्री केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.