एशियन कृषि समिट सम्पन्न
काठमाडौँ, २९ साउन : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी १५ बुँदे काठमाडौँ कृषि घोषणापत्र जारी गर्दै सकिएको छ ।
कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि उत्पादन तथा कृषि उद्यमशीलताको विकासमा गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनी सकिएको कार्यक्रम संयोजक लोकराज अवस्थीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालसहित भारत, चीन, इण्डोनेसिया, बेलायतलगायत देशका प्रतिनिधि सहभागी थिए ।
नेपाललगायत एशियाली मुलुकमा कृषि शिक्षा व्यवहारिकाभन्दा सैद्धान्तिक बढी भएकाले युवा बेरोजगार बढेको घोषणापत्रमा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण तथा सम्मानित पेशाका रुपमा अवलम्बन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
यसले व्यावसायिक शिक्षामा जोड दिनुपर्ने भेलाको निष्कर्ष छ । नेपाललगायतका कम विकसित देशमा कृषि बजारमा विचौलियाको बोलवाला रहेकाले किसान मारमा परेको जनाइएको छ ।
