तरकारी खेतीले बनायो पहिचान

जमुना गजुरेल । विदुर, १३ असार : नुवाकोटको शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनीले तरकारी खेतीबाटै वर्षको १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । घरमा आयआर्जनको कुनै विकल्प नभएर विदेश जाने सोच बनाएर बस्नुभएका उहाँ पहिला आप्mनै ठाउँमा थोरै केही गरुँ, भएन भने मुग्लान भासिनु पर्ला भन्ने सोच बनाई काम शुरु गर्नुभएको थियो ।

उहाँले रु २० हजार ऋण लिएर २२ वर्ष पहिला दुईवटा टनेल बनाई तरकारी खेती गर्न शुरु गर्नुभएको थियो । उहाँँले बारीमा गोलभँेडा, करेला, खुर्सानीलगायतका तरकारी लागाए । तरकारी लगाएको केही महीनापछि लगानीभन्दा बढी आम्दानी भयो । काम गर्ने जाँगर र सोच झन् बढेर गएको उहाँको भनाइ रहेको छ । पैसा कमाउन विदेश नै जान पर्दो रहेनछ भन्ने विचार उहाँमा आएसी तरकारी खेती गर्ने जग्गा थपेर अब तरकारी नै खेती गर्छु भन्ने आँट उहाँले गर्नुभयो ।

“पहिला त अहिलेको जस्तो सेवा सुविधाहरु कहाँ थियो र । यातायातको असुविधाले बजारको समस्या थियो । अहिले खेतमै तरकारी बोक्न गाडी आउँछ । अहिले बजार पनि यही त्रिशूली, बटार नजीकै पाइन्छ । स्थानीय बजारमा दिएर पनि बाँकी भएको तरकारी काठमाडौँ लाने गरेको छु । तरकारी व्यापारीहरु आफैँ घरसम्म आउँछन् ।”

पुडासैनीले अहिले उहाँ ३० रोपनी जग्गामा ८३ वटा टनेलमा तरकारी व्यवसाय गरी रु एक करोडभन्दा माथि लगानी गरिरहेको उहाँ बताउनुहुन्छ । पुडासैनी भन्नुहुन्छ, “मैले आफ्नो परिवारसँगै बसेर आनन्दले छोराछोरीलाई पढाएर लाउन खान व्यवसाय गर्न पुगेको छ । तरकारी मौसमअनुसारको जस्तै गोलभेँडा, आलु, प्याज, लसुन, धनियाँ, सिमी, बोडी, खोर्सानी, फर्सी, भ्यान्टालगायतका तरकारीहरु लगाउने गरेको छु ।” तरकारी खेतीबाटै राम्रो गरेको कारण मलाई कृषि विकास मन्त्रालयबाट २०७३ सालमा रु २८ लाख अनुदानसमेत पाउनुभएको थियो । उहाँले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ मा जिल्लामा प्राप्त गर्नुभएको थियो ।

पुडासैनी मात्र हैन नुवाकोट म्यागङ गाउँपालिका–३ का सोमबहादुर तामाङले पनि वैदेशिक रोजगारमा जाने सोच त्यागेर विगत १५ वर्षदेखि तरकारी खेतीमै आफनो जीवनको हरेक समय बिताइरहेका छन् । तामाङले शुरुमा रु ४० हजारको लगानीमा दुईवटा टडेलबाट तरकारी खेती गरेको उहाँ बताउनुहुन्छ ।

तामाङ भन्नुहुन्छ, “मैले जीवनमा धेरै दुःख पाए म्यागङ गाउँ पहिला अति नै दुर्गम ठाउँ थियो । केही गरुँ भन्ने मनमा छ । हाम्रो गाउँमा पानीको सुविधा भएकाले तकारी खेती गर्ने विचार आयो । रु ४० हजार ऋण मागेर ल्याएँ । गाउँघरमा कसैले नपत्याएपछि ससुरालीबाट उहाँले ऋण लिएको थिएँ ।”

उहाँले भन्नुभयो, “मैले त्यही ऋणबाट ल्याएको पैसाबाट दुईवटा टनेल बनाएर तरकारी खेती गर्न शुरु गरेँ । आप्mनो मिहिनेत, परिवारको राम्रो साथबाट आजसम्म आइपुग्दा सात रोपनी जग्गामा ५० वटा टनेल बनाई तरकारी खेती गरी जिल्लामा राम्रो तरकारी कृषकका रुपमा आफूलाई चिनाउन पाउँदा अति नै खुशी भएको छु ।” आफूसँग जाँगर र सीप छ भने खाडी मुलुक जान नपर्ने उहाँको भनाइ छ । काम गर्ने मन र सोच भए यहीँ नै स्वर्ग छ । अहिले उहाँको बारीभरि मौसमअनुसारको तरकारीहरु फलिरहेका छन् । उहाँले यो वर्ष मात्रै खर्च कटाएर रु १३ लाख आम्दानी गरेको बताउनुहुन्छ । तरकारी कृषक बनेर तरकारीमा राम्रो गरेकाले कृषि मन्त्रालयअन्र्तगत रु आठ लाख ३४ हजार अनुदान पाएको उहाँले जानकारी दिनुभयो ।

सोही ठाउँका सेल्कर तामाङले पनि विदेशी जीवन त्यागेर आप्mनै ठाउँमै बसेर केही गर्ने सोचले ११ वर्ष विदेशमा बिताएर गाउँ फर्कनुभएको छ । गाउँ फर्केर तामाङले पनि तरकारी खेती गर्नुभएको छ । तामाङका अनुसार उहाँ मलेसियामा आफनो ११ वर्ष बिताउँदा खान पनि नपुग्ने कमाई भएको र निराश हुँदै स्वदेश फर्केको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “मैले आफनो बल, जोस, जाँगर र मिहिनेतहरु ११ वर्ष अर्काको देशमा बिताए । टाउकोभरि ऋणको थुप्रो बोकेर नेपाल आएँ । साथीभाइ र परिवारको सल्लाहसुझावले म तरकारी कृषक बने । शुरुमा मैले पनि सात रोपनी जग्गामा तरकारी खेती गरे । पछि तरकारीबाट राम्रो फाइदा भएपछि पाँच रोपनी जग्गा किनेर १३ रोपनीमा १७ लाख लगानी गरी तरकारी खेती गरे । तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ । मैले यो वर्ष रु सात लाख आम्दानी गरेको छु ।”

तामाङले तरकारी खेतीमा आफूलाई राम्रो कृषकका रुपमा जिल्लामा चिनाएको र असर तरकारी व्यवसाय बनेकै कारण कृषि मन्त्रालयबाट रु आठ लाख अनुदानसमेत पाएको उहाँले जानकारी दिनुभएको हो । नुवाकोटका वरिष्ठ कृषि अधिकृत तरकारी क्षेत्र कमलराज गैरेका अनुसार नुवाकोटमा अहिले तरकारी खेतीमा कृषकहरुको आकर्षण बढिरहेको छ । करोडौँभन्दा माथिको लगानीमा कृषकहरुले तरकारी खेतीमा लगानी गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.