‘बर्डफ्लु’को हल्ला मात्रैः सङ्घ

हेटौँडा, १५ फागुन : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, ८ र ११ वडामा अण्डा तथा मासुका लागि पालिएका हजारौँ कुखुरामा गम्भीर प्रकृतिको सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण एक साताभित्र सो क्षेत्रका करीब १५ हजार कुखुरा मरिसकेका छन् ।

अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशङ्का गरिएको छ । दैनिक ठूलो सङ्ख्यामा मरेपछि किसानको खोर नै रित्तिन थालेको छ भने यसबाट लाखौँ रकम क्षति भएको किसानले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा चेतनारायण खरेलका अनुसार सङ्कलन गरिएका नमूना चितवन पठाइने र प्रतिवेदनका आधारमा अन्य काम अगाडि बढ्ने बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि चलेको ‘बर्डफ्लु’को हल्ला निरर्थक भएको मकवानपुर कुखुरा व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले हाल ‘बर्डफ्लु’ हेटौँडामा पनि रहेको स्पष्ट गर्नुभयो । हाल ‘बर्डफ्लु’ को कुनै सङ्क्रमण नभएको भन्दै अधिकारीले ‘बर्डफ्लु’ बारे हल्ला भ्रम रहेको बताउनुभयो । उहाँले “हामी मानव स्वास्थ्यमा गम्भीर छाँै, सरकारी ल्याबले ‘बर्डफ्लु’ घोषणा गर्छ भने हामी नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्छौं ।’’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.