उखु किसान आन्दोलित

सर्लाही, ६ फागुन : गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् ।

सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलनमा उत्रेका हुन् । तीन दिनभित्र उखु किसानको माग पूरा नगरे सशक्त आन्दोलन गर्ने नेपाल उखु उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो ।

“ऋण लिएर खेती गरेका किसानको खेत बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उद्योग र मन्त्रालय धाउँदासमेत अनुदान रकम पाउन नसकेको उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.