नार्कको कार्यकारी निर्देशकमा गुरुङ नियुक्त

काठमाडौँ, १८ पुस : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ ।

मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो । उहाँ यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

गत महीना डा वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.