कृषि क्षेत्रमा विकास बैंकको उत्साहजनक लगानी

खस्यौली, २२ मङ्सिर : रुपन्देहीमा रहेका विकास बैंकले कृषि क्षेत्रमा उत्साहजनक लगानी गरेका छन् ।

बंैकले गरेको लगानीबाट कृषिजन्य आयात रोक्न सघाउ पुग्ने र व्यापार घाटासमेत कम हुने विश्वास गरिएको छ । खासगरी पशुपालन, कुखुरापालन, मत्सत्यपालन र तरकारी खेतीमा विकास बैंकले लगानी गरेका छन् ।

बुटवलमा रहेको साइन डेभलपमेण्ट बंैङकका कार्यकारी प्रमुख प्रकास पौडेलले भन्नुभयो “मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन बैंकले कृषिमा लगानी बढाउन चाहेको छ ।” उहाँले कृषिलाई उच्च प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिँदै सबैभन्दा बढी सहुलियतपूर्ण कर्जामा बंैङकले लगानी गरिरहेको बताउनुभयो ।

उक्त बंैकले कृषि क्षेत्रमा न्यूनतम १३ प्रतिशत ब्याजदरमा रु एक अर्ब सात करोड लगानी गरेको छ भने रु ३० करोड सहुलियतपूर्ण ब्याजमा लगानी गरेको छ । कार्यकारी प्रमुख पौडेलले कृषि क्षेत्रमा उत्साहजनक अवस्था रहेको उल्लेख गर्दै युवाको आकर्षण पनि बढ्दै गएको बताउनुभयो । उहाँले नेपालमा अझै पनि वित्तीय साक्षरता नभएकाले संस्थागत सामाजिक उत्तरदायित्व वहन हुने गरी वित्तीय साक्षरता जगाउने काम गरिरहेको बताउनुभयो ।

तिनाउ विकास बैंकले पनि कृषि र उत्पादनशील क्षेत्रमा लगानी बढाएको उल्लेख गर्दै कार्यकारी प्रमुख प्रदीपकुमार श्रेष्ठले भन्नुभयो, “कृषि क्षेत्रको विकास नभइकन समग्र अर्थतन्त्रको विकास हुन सक्दैन ।”उहाँले उत्पादनशील क्षेत्रको लगानीले गरीबी निवारणमासमेत सघाउ पुग्ने भएकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिनेमा जोड दिनुभयो ।

सो बैंकले रु एक अर्ब भन्दा बढी कृषि र उत्पादनशील क्षेत्रमा लगानी गरेको छ । मत्यपालन, कुखुरापालन, गाई फार्म र तरकारी खेतीमा लगानी गरेको बंैकले कृषकको माग अनुसार रु एक लाखदेखि रु एक करोडसम्मको परियोजनामा कृषि कर्जा प्रवाह गरेको छ ।

कालिकानगरमा रहेको नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकतमा राखेर कृषि कर्जा प्रवाह गरेको छ । बैंकका कार्यकारी प्रमुख राजनप्रसाद खनालले १३ प्रतिशत ब्याजदरमा उखु उद्योग, केराखेती, मत्यपालन र भँैसी पालनमा लगानी गरेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म रु ३७ करोड ३७ लाख कृषि क्षेत्रमा लगानी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.