एशियन अवार्डबाट खनाल सम्मानित

काठमाडौँ, २५ असोज : ‘एशियन युथ इनोभेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित हुनु भएको छ ।

भारतको पञ्जाबमा भएको ‘१३औं एशियाली मकै सम्मेलन’मा कीर्तिपुरकी खनाललाई नयाँ प्रविधिमार्फत मकै बालीको उत्पादन बढाउने अनुसन्धान गरेवापत उक्त सम्मान प्रदान गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट कृषिमा स्नातक खनालले गत वर्ष झापामा मकैको पोषिलो र गुणस्तरीय उत्पादन बढाउन अनुसन्धान गर्नुभएको थियो ।

पञ्जाब कृषि विश्वविद्यालयका उपकुलपति डिएस डिलियन र मेक्सिकोका कृषि वैज्ञानिक मार्टिन करोप्टले उक्त सम्मान प्रदान गर्नुभएको थियो । सम्मेलनमा चीन, अमेरिकालगायत विश्वका २२ मुलुकका ३०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता थियो । प्रत्येक तीनतीन वर्षमा हुने सम्मेलनमा मकैमा अनुसन्धान गरेका ३५ वर्षमुनिका युवा वैज्ञानिकको सहभागिता हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.