तेलको मूल्यमा अस्वाभाविक वृद्धि
काठमाडौँ, २२ जेठ : उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।
तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
