उपत्यकामा १३८४ सहित थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं, २१ जेठ : पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ८६६३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुने बढेसँगै सक्रिय संक्रमितको संख्या एक लाखबाट तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सक्रिय संक्रमित ९७ हजार ६९९ रहेको छ ।

जसमध्ये ९० हजार ८९७ जना होम आइसोलेसन र ६ हजार ८०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अहिले १४२२ जनाको आइसियु र ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.