उपत्यकामा १४९३ सहित थप ६७१४ जनामा कोरोना संक्रमण, ६७१६ संक्रमणमुक्त

काठमाडौं, १२ जेठ : पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ६७७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् ।
यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ ।
